लेदो सहितको धमिलो पानी,खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई धन्यवाद

धनकुटा । धनकुटा नगरपालिकामा वितरण गरिएको खानेपानी लेदो सहितको धमिलो पानी आएको भन्दै उपभोक्ताहरुले सामाजिक संजालमा आक्रोष पोखेका छन ।

उनिहरुले धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोतmा समितीको लापरबाही गरेको भन्दै आक्रोष पोखेका हुन । उनिहरुले धमीलो र लेदो मिसिएको पानी पठाएकोमा धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोतmा समिती धन्यवाद समेत दिएका छन ।

कतिपयले कार्यकर्ता भर्ति केन्द बनाउनु भन्दा पनि स्वच्छ पानी वितरण गर्ने तर्फ उपभोक्ता समितीले ध्यान दिए हुने भनेर लेखाका छन । कति पय समाजिक सांजलप्रयोग कर्ताले चिया बनाउदा दुधको आवश्यता नपरेकोमा खुसी व्यक्त गरेका छन । कसैले यो पानी पिउदाँ कोरोना नलग्ने हो की लागे पनि निको हुने हो भनेर प्रश्न गरेका छन् ।

कसैले जनतालाई खानेपानि खुवाउने भन्दापनि खानेपानि संस्था कब्जागर्ने उदेश्य मात्र थियो त्यसैले यस्तो भएको हो भनेर टिप्पणी गरेका छन् । कतिपयले यो पानी शुद्ध गर्न ७० करोडको फिल्टर आवश्यक पर्ने भनेका छन् । कसैले यो जनताको स्वाथ्य माथी गरिएको ठुलो खेलवाड भएको बताएका छन् ।

कसैले अहिले उपभोक्ताबाट चुनिएका मान्छे समितिमा नभयेकाले उपभोक्ता समिति भन्न मिलेन भनेका छन । एक उपभोक्ताको जिज्ञासा हालको समितिमा को को कुन पदमा हुनुहुन्छ , नाम र राजनीतिक दल संग आबध्द छ या छैन् , उपभोक्ताले जानकारी पाए आभारी हुने थिए भने र समेत सामाजिक संजालमा लेख्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।