महालक्ष्मी नगरपालिका र सबै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा वन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका र सबै वडा कार्यालयबाट प्रवाह हुँने अत्यावश्यक बाहेकका सेवा वन्द हुने भएको छ ।

कोरोना भाईरसको संक्रमणबाट सर्तकता अपनाउनका लागि वैशाख २७ देखि जेठ २ गतेसम्म एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको हो । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि आवश्यक व्यवस्था गर्न गठित समन्वय समितिको बैठकले अत्यावश्यक बाहेकका सेवा एक साता बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरीले आईतवार एक सूचना जारी गरी यस अवधिमा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्रवाट प्रवाह हुने स्वास्थ्य सेवा नरोकिने जनाउनु भएको छ । फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, नगर प्रहरी, खानेपानी, अति जरुरी कामको लागि सवारी पास सिफारिस र विपद् व्यवस्थापनको काम पनि सुचारु हुनेछ । ती वाहेक अन्य सबै सेवा एक साता बन्द हुने नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण फैलनबाट जोगिन भिडभाड, भोज भतेर, बैठक, गोष्ठि, चाडपर्व मनाउँने जस्ता जमघट हुँने गतिविधि नगर्न नगरबासीलाई आग्रह गरिएको छ । नगरपालिकाका मेयर पर्शुराम नेपालले घर बाहिर निस्किदा अनिवार्य मास्क लगाउँन, सामाजिक दुरी कायम गर्न र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न नगरबासी सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।