धनकुटामा ५ जनालाई संक्रामक रोग ऐन अनुसार कारबाही

धनकुटा,३१ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले ५ जना लाई संक्रामक रोग ऐन २०२० को दफा १।३ अनुसार जनही १०० रुपैयाँ जरीवाना गरि छाडिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ द्धारा हस्ताक्षरीत जानकारीका शेरबहादुर लिम्बु सहित लाई कारबाही गरिएको भनिए पनि अन्यको नाम खुलाईएको छैन ।

सङ्घ र प्रदेश सरकारले उपलब्ध गरायो खोटाङलाई स्वास्थ्य सामग्री

खोटाङ, ३१ वैशाख (रासस) : प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्यालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

प्रदेश सरकारबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो । सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई रु तीन लाख सात हजार १३० बराबरको ३०० थान भिटिएम, ३०० थान गाउन सेट, एक हजार थान मास्क, ५०० एमएलको २० थान ह्याण्ड स्यानिटाइजर, २० थान इन्फ्रारेड थर्मोमिटर र पाँच/पाँच लिटरको दुई जार सोडिएम हाइपोक्लोराइट सोलुसन प्राप्त भएको छ ।

यस्तै १५ थान जेनेरल बेडसेट र दुईवटा पल्स अक्सिमिटर फिङ्गर टिप पनि आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्री राईमार्फत प्रदेशबाट आएको स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, एमाले नेता कुमार आचार्यलगायतको उपस्थितिमा स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको हो । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त करिब रु चार लाख बराबरको स्वास्थ्य सामग्री बुधबार स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको छ । मन्त्रालयले उपलब्ध गराएको रु तीन लाख ९९ हजार ८३३ मूल्य बराबरको स्वास्थ्य सामग्री नेकपा एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्वास्थ्य कार्यालयका निमित्त प्रमुख छवि आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

प्रमुख सचेतक भट्टराईले आफ्नो गृहजिल्लाका लागि केही दिनअघि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरबाट रु दुई लाख २२ हजार १८७ को १० थान इन्फ्रारेड थर्मोमिटर, १० थान पल्स अक्सिमिटर स्पट चेक, दुई थान अक्सिजन कन्सन्ट्रेटर, दुई थान अक्सिजन सिलिण्डर र सानो साइजको पाँच थान अक्सिजन सिलिण्डर ल्याउनुभएको थियो । यस्तै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट रु एक लाख ५५ हजार ५१५ को २०० सेट एन्टिजेन कीट र एक हजार ८०० वटा भिटिएमसमेत ल्याएर हस्तान्तरण गरिएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय खोटाङका अनुसार यसअघि स्वास्थ्य सेवा विभागबाट रु २२ हजार १३१ बराबरको दुई हजार थान सर्जिकल मास्क, १०० थान गाउन, १०० थान एम–९५ मास्क, ५०० एमएलको १० बोत्तल स्यानिटाइजर र १०० जोर पञ्जा आइपुगेको छ । दश स्थानीय तह रहेको जिल्लामा निर्माण गरिएका अधिकांश आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री अभाव भएको जनाइएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) खोटाङले नगरपालिकालाई ३० शय्याको र गाउँपालिकालाई २० शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । डिसीसिएमसीको निर्देशनपछि आइसोलेशन निर्माणको कामलाई तीव्रता दिइएको जिल्लामा हालसम्म २२६ तयार भइसकेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।