धनकुटामा जेठ १५ सम्म लम्बियो निषेधाज्ञा
धनकुटा,३१ बैशाख । जिल्ला क्राईसिस म्यानेजमेन्ट कमिटीकाे वैठकले धनकुटा जिल्लाभरी कोरोना भाईरस तिव्र रुपमा फैलदै गएपछि आज राती देखि जेष्ठ १५ गते सम्म पुन: कडा निशेध आदेश जारी गरेको छ ।
धनकुटा जिल्ला क्राईसिस मेनेजमेन्ट कमिटिको बैठकले निर्णय गरी सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले धनकुटा जिल्लाभरी आज राती १२ बजे देखी जेष्ठ १५ गते सम्म पुन निशेध आदेश जारी गर्नु भएको हो ।
निशेध आदेशको समयमा सम्पूर्ण व्यावसाय तथा पसलहरु निजि तथा सार्वजानिक भाडाकाका सवारी साधनहरु बन्द रहने तर दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु ,फोहर बोक्ने सवारी साधन,एम्बुलेन्स लगायतका साधनहरु संचालन हुन जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा जिल्लाभरी विहान ६ बजे देखी ९ बजे सम्म र साझ ४ बजे देखी ६ बजे सम्म अत्यावाश्क तथा दैनिक उपभोग्य समाग्रीहरुको पसल खुल्ला रहने र अन्य सम्पूर्ण पसल तथा व्यावसायहरु बन्द गर्ने निर्णय भएकोले यसको पालना गरी सोही अनुसार गर्न धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सवै व्यापारी व्यावसायी तथा उपभोक्ताहरुलाई आग्रह गर्नु भएको छ ।
धनकुटा जिल्लाका कार्यरत बैकहरु हप्ताको तिन दिन सोमवार,बुधवार र सुक्रवार विहान ८ बजे देखी ११ बजे सम्म संचालन गर्ने निर्णय समेत भएको छ ।
धनकुटा जिल्लामा निषेधाज्ञाको समयमा हिडडुल गरी उलंघन गर्नेलाई कारवाही गरीने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वताउनु भयो ।
धनकुटा जिल्लाभरीमा एक हप्तामा १ सय ३० जना कोरोना संक्रमित भैसकेको र ४ जनाको मृ त्यु समेत भैसकेको र अहिले समुदाय स्तरमानै व्यापक रुपमा कोरोना भाईरस फैलिरहेको छ ।
दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु विक्रि वितरण तथा खरिद गर्दा अनिवार्य माक्स लगाई समाजीक दुरी समेत कायम गरी सुरक्षित ढंगले मात्र गर्न समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले अपिल गर्नु भएको छ ।


