सहिदभूमिले निकाल्यो यस्तो सुचना

धनकुटा । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि शहिदभुमी गाउँपालिकाले दैनिक उपभोग्य सामान खाद्यान्न तरकारी बाहेक अन्य वस्तु वेचविखन हुने हाटबजार जेष्ठ १५ गते राती १२ वजे सम्म वन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको स्थानिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज वसेको वैठकले हाटवजारहरुमा भीडभाड तथा मानिसको जमघट वढी हुने भई संक्रमण वढ्न सघाउ पुग्ने भएकोले यसलाई रोक्ने त्यस्तो निर्णय गरेको हो ।

वैठकको निर्णय अनुसार सो अवधिमा स्थानिय पसलहरु विहान ९ सम्म र वेलुकी ४ देखी ७ वजे सम्म मात्र खोल्न पाईने छ । अत्यावश्यक वाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । भने गाउँपालिकाको कार्यलय विहान १० देखी दिउसो ३ वजे सम्म मात्र खुल्ने छ ।

धाप स्वास्थ्य चौकी जेष्ठ १० गते सम्म वन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले कोरोना भाईरसको बढ्दो संक्रमण रोकथामका लागि सहयोग गर्न सम्पूर्णलाई घरमै वसी सहयोग गर्न अपील गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।