बिद्यालयमा अभिभावकद्वारा तालाबन्दी
जेष्ठ १,तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारामा रहेको जलकन्या आधारभुत बिद्यालयमा अभिभावकले ताला लगाएका छन ।
बिद्यालयमा आधारभुत प्राथमिक तहका लागि एक जना अस्थायी करार शिक्षकको आवश्यक्ता भएको थियो । आवश्यक शिक्षकका लागि बिद्यालयले १६ गते सूचना प्रकाशित भएको जनाए पनि २९ गते मात्रै बिद्यालयमा सुचना टाँस गरीएको र ३० गते आबेदन लिने दिन बिद्यालय नै नखुले पछी अभीभावकहरुले ३१ गते बिद्यालयमा ताला लगाएको स्थानीय सिद्धीमान लिम्बुले बताउनु भयो ।
बिद्यालय व्यावस्थापन समितीको बैठक बिना नै आबेदन आव्हान गरिएको र प्रधानध्यापक र व्यावस्थापन समितीका अध्यक्ष वीच मात्रै निर्णय भएर सूचना सार्वजानिक गरेको बिद्यलाय व्यावस्थापन समितीका सदस्य तोकेन्द्र लिम्बुले बताउनु भयो ।
कक्षा १ देखी ५ सम्म अध्यापन हुँदै आएको बिद्यालयमा २ जनाको दरबन्दी रहेपनी १ जना मात्रै कार्यरत रहेको र १ जना शिक्षकको अस्थायी करार दरबन्दीको आबेदन आव्हान गरीएको थियो । बिद्यालय जस्तो शैक्षिक क्षेत्रमा राजनीति गर्नु गलत भएको स्थानीय जमान सिंह लिम्बुले बताउनु भयो ।
यता बिद्यालयले भने तालाका लगाईएको बारे जानकारी नभएको जनाएको छ । कोरोनाका कारण प्रशासन बन्द भएको र आवश्यक काम परेको खण्डमा बिद्यालय खोल्दै आएको र बिद्यालयमा कस्ले ताला लगाएको भन्ने थाहा नभएको प्रधानध्यापक तेजबहादुर लिम्बुको भनाई छ ।
बिद्यालयमा शिक्षकका लागि सूचना प्रकाशित गरेको आबेदन लिने दिन बिद्यालय नगएको प्रधानध्यापकले स्वीकार्दै भन्नुभयो “आबेदन दिन आएका छौ भनेर कसैले पनि फोन गरेनन् फोन मात्रै गरेको भए म बिद्यालय पुग्थेँ ।
बिद्यालयमा कस्ले ताला लगाएको भन्ने मलाई थाहा छैन र जानकारी पनि गराएनन् ।” अभीभावकहरुले बिद्यालय नै बन्द भएपछी आबेदन दिन नपाउँदा योग्यता भएपनी अबसर लिन बञ्चीत भएकोले बिद्यालयमा ताला लगाउन बाध्य बनेको बताएको पत्रकार महेन्द्र मादेनले जानकारी दिनुभएको छ ।


