लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको मृ,त्यु

लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृ,त्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भ,र्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृ,त्यु भएको छ ।

बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृ,त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृ,त्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका–४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गए राति उपचारका क्रममा मृ,त्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृ,त्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १८३ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

बेलझुण्डीमा दुई सङ्क्रमितको मृत्यु

तुुलसीपुर ः दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुई सङ्क्रमितको मृ,त्यु भएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार शनिबार एचडियुमा उपचाररत दङ्गीशरण गाउँपालिका–४ निवासी ७० वर्षीय पुरुष र आइसियुमा उपचाररत घोराही उपमहानगरपालिका–१४ निवासी ७४ वर्षीय महिलाको मृ,त्यु भएको हो ।

दङ्गीशणका पुरुष गत वैशाख २४ गते अस्पताल भर्ना भएका थिए भने घोराहीकी महिला वैशाख २१ गते भर्ना भएकी थिइन् । उनीहरु दुवै जनामा निमोनिया र श्वासप्रश्वासमा समस्या थियो । योसँगै बेलझुण्डी अस्पतालमा मृ,त्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । सोमा १४ महिला र पुरुष ३० छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।