चार कोरोना सङ्क्रमितको मृ,त्यु
मकवानपुर,हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृ,त्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृ,त्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा शनिबार दुई र आज बिहान दुई गरी चारजनाको कोभिड उपचार कक्षमा मृत्यु भएको हो । मृ,त्यु हुनेमा सबै हेटौँडा उपमहानगरपालिका निवासी रहेका छन् ।
मृ,त्यु हुनेमा वडा नं १४ की ७४ र ४८ वर्षीया महिला, वडा नं ८ की ६१ वर्षीया महिला र वडा नं २ चौकीटोलका ६४ वर्षीय पुरुष रहेको डा काफ्लेले बताउनुभयो । मृतक सबैमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएका थिए ।


