धनकुटा उद्योग बाणिज्य संघले ब्यापारीहरुलाई गर्यो यस्तो अपिल

धनकुटा,२ जेष्ठ । मास्क अनिवार्य लगाउने अभियान संचालन गर्दै आईरहेको धनकुटा उद्योग बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गरी मास्क सर्वसुलभ मुल्यमा विक्रि वितरण गरी सहयोग गर्न सवै व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

धनकुटा बजार र जिल्लाका विभिन्न क्षेत्रका वजारहरुमा सर्जिकल मास्क १० रुपैया सम्म विक्रि वितरण भैरहेको व्यापक जनगुनासो आईरहेकाले सर्व सुलव मुल्यमा मास्क विक्रि वितरण गरी सहयोग गर्न धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले व्यावसायी तथा व्यापारीहरुलाई आग्रह गर्नु भएको हो ।

गुणस्तरीय सर्जिकल मास्क रु ५ रुपैया सम्म र नोज पिन भएको गुणस्तरीय मस्क बढीमा रु ७ रुपैया सम्ममा मात्र विक्रि वितरण गरी सहयोग गर्न सो विज्ञप्ती मार्फत संघले व्यापारी तथा व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

कोरोना भाईरस तिव्र रुपमा समुदायमा दैनिक फैलदै गएकाले यसबाट बच्न मास्क अनिवार्य रुपमा लगाउन संघले अभियान संचालन गरिहेकाले पनि सामाजिक दुरी कायम गर्दै यस अभियानमा सक्रिय पूर्वक आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सवैमा संघले आग्रह गरेको छ ।

महासंकट र दुखको यस घडीमा मानवीय संवदनशिलतालाई मध्यनजर राख्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उचित मुल्यमा गुणस्तरीय मास्क विक्रि वितरण गरि विपतमा महत्वपूर्ण सहयोग गर्न समेत संघका अध्यक्ष राईले सवै व्यावसायी तथा व्यापारी बर्गमा अपिल गर्नु भएको छ ।

कोरोना भाईरसको महामारीबाट अहिले बाचियो भने मात्र पछि केही गर्न सकिने भएकाले कोरोना भाईरसको महामारीबाट बच्न सुरक्षाका सवै विधि अवलम्वन गरी घरमानै बस्न र घरबाट निस्कनु पर्ने भएमा अनिवार्य मास्क लगाई सामाजिक दुरी कायम गर्न समेत अध्यक्ष राईले सवैमा अनुरोध गर्नु भएको छ ।

धनकुटा जिल्लाभरीमा एक हप्तामा १ सय ४३ जना कोरोना संक्रमित भैसकेको ४ जनाको मृ त्यु समेत भएको र अहिले समुदाय स्तरमानै व्यापक रुपमा कोरोना भाईरस फैलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।