निषेधाज्ञा उल्लङ्घन गर्ने १८ जना कारवाहीमा

धनकुटा,जेठ २ । धनकुटामा जारी निषेधाज्ञाको नियम उल्लङ्घन गर्ने १८ जना कारवाहीमा परेका छन् ।

कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलय धनकुटाले जिल्ला भर जारी गरेको निषेधाज्ञाको उल्लङ्घन गर्ने उल्लेखित संख्याका मानिसहरु कारवाहीमा परेका हुने । उनिहरुलाई संक्रामक रोग ऐन अन्र्तगत कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

जेष्ठ १ गतेबाट जिल्ला भर जारी निषेधाज्ञाको यो अवधिमा निषेधाज्ञाको नियमको वेवास्ता गर्ने सवारीमा सवार तथा पैदल यात्रुहरु ६ सय १६ जनालाई सम्झाईवुझाई छाडिएको छाडिएको जिल्ला प्रहरी कार्यलय धनकुटाको प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसरी नियम उल्लङ्घन गर्नेहरुले प्राय वुझेरै गर्ने गरेको पाईएको छ । धनकुटामा कोरोना भाईरसको दोश्रो लहर शूरु भएयता तिव्ररुपमा संक्रमित संख्या वढेपछि प्रशासनले वैशाख २२ गते देखी ३१ गते सम्म धनकुटा नगरपालिका क्षेत्रभरी निषेधाज्ञा जारी गरेको थियो भने त्यसपछि वैशाख ३१ गतेबाट जेष्ठ १५ गते सम्म थप कडाईका साथ जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

यो अवधिमा स्वास्थ्य सूरक्षाका मापदण्ड अनिवार्य पालना गर्न, भीडभाड हुने कार्यहरु नगर्न नगराउन,स्वास्थ्य सूरक्षाका सामाग्री प्रयोग नगरी अनावश्यक रुपमा घर वाहिर ननिस्कन,व्यापारी व्यवसायीहरुले स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गर्दे अत्यावश्यक खाद्यान्न समाग्रीका पसल विहान ६ देखी ९ वजे सम्म र अपराहन्न ४ देखी साँझ ६ वजे सम्म मात्र खोल्ने र उपभोक्ताहरुले सोही समयमा आवश्यक सामाग्री सामाजिक दूरी कायम गर्दै किनमेल गर्ने, एम्वुलेन्स, फोहर संकलन गर्ने लगायत अत्यावश्यक वाहेकका नीजि तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाउने,बैंकहरु हप्ताको तीन दिन सोमवार,वुधवार र शुक्रवार विहान ८ देखी ११ वजे मात्र खुल्ला रहने भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।