पूर्व कार्यकारी अधिकृत खाम्याहाङ्गको निधन प्रति नेपाली कॉंग्रेस धनकुटाद्वारा शोक ब्यक्त

धनकुटा । धनकुटा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत तथा विकास प्रेमी, कुशल प्रशासक महेन्द्र कुमार खाम्याहाङ्गको निधन प्रति नेपाली कंग्रेस धनकुटाले शोक श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले आज शोक विज्ञप्ती जारी गर्दै लामो सयम सम्म धनकुटा नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कुशलता पूर्वक कार्य सम्पादन गरी धनकुटाको विकास र समृद्धीका लागि महत्वपूर्ण योगदान दिनु भएका विकास प्रमी कुशल प्रशासक खाम्याहाङ्गको निधनले धनकुटाले असल सहयोगी व्यक्ती गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

धनकुटाकाको सल्लेरीमा नेपालकै नमुना डम्पिङ्क साईड(फोहर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने र नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई बसपार्कमा भवन सहितको पाच आना जग्गा २०६३ सालमा दिने साहसीक निर्णय गरी प्रदान गर्ने लगायत धनकुटाको विकास र समृद्धीका लागि तत्कालिन धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत स्व. खाम्याहाङ्गको महत्वपूर्ण योगदान रहेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका राईले जारी गर्नु भएको शोक विज्ञप्तीमा उल्लेख छ ।

धनकुटाका विकास र समृद्धी अनी नेपाल पत्रकार महासंघ धनकुटा शाखाको स्थागत विकासका लागि स्वर्गीय महेन्द्र कुमार खाम्याहाङ्कले निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको धनकुटा नगरवासी र धनकुटाका पत्रकारहरुले समेत उहाँलाई सधै सम्झिरहने र सम्मान गरिरहने विज्ञप्तिमा भनिएको छ । हाल झापाको अर्जुनधार नगरपालिकामा प्रमुख प्रशाकीय अधिकृत खाम्याहाङ्गको कोरोना संक्रमणको कारण आज विहान निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।