धनकुटामा आज थप ४४ जनामा संक्रमण पुष्टि
धनकुटा,जेठ ४ । आज फेरि धनकुटामा ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक जिल्लाका ९४ जनाको पिसिआर परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा धनकुटा नगरपालिकाका २९ जना, छथरजोरपाटी गाउँपालिकाका १४ जना र शहिदभूमी गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
उहाँले यो कूल संक्रमित संख्या दर ४६।८ प्रतिशत भएको वताउनु भयो । संक्रमण वृद्धीदरको यो अवस्था निक्कै भयावह वन्दै गएकोले थप सावधानि अपनाई सूरक्षित रहन सम्पूर्णलाई सचेत गराउनु भएको छ ।
यसअघि हिजो १२९ जनाको पिसिआर परिक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको थियो ।


