धनकुटाका प्रमुख जिल्ला अधिकारीको अपिलमा आजै जम्मा भयो यति रकम
धनकुटा,४ जेठ । धनकुटाका प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले प्रमुख जिल्ला अधिकारी हैसियतमा कोरोना संक्रमण रोकथाम र उपचारमा सहयोग गर्ने गरेको अपिलमा आज जेठ ४ गते ५० हजार ५ सय ११ रुपैयाँ जम्मा भएको जनाइएको छ ।
राष्ट्रसेवक कर्मचारी सहित व्यावसायीहरुले समेत सहयोग गरेको विवरण जिल्ला प्रशासन कार्यलय धनकुटाको फेसबुकपेजमा विवरण सहित सार्वजनिक गरिएको छ ।
हिजो मात्र प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले कोरोना संक्रमण रोकथाम तथा उपचारको व्यावस्थापन गर्नका लागी भन्दै सार्वजनिक अपिल गर्नु भएको थियो ।



