खाम्याहाङको निधन प्रति महासंघद्धारा दु:ख व्यक्त
धनकुटा,४ जेठ । नेपाल पत्रकार महासंघद्धारा धनकुटा नगरपालिकाका पुर्व कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङको भएको निधनको दुख व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघद्धारा धनकुटा शाखा अध्यक्ष नगेन्द्र राईले शोक विज्ञप्ती जारी गर्दै उहाँको निधनमा दुख व्यक्त गर्नु भएको हो ।
महासंघद्धारा धनकुटा शाखाको भवन निर्माण देखि लिएर धनकुटा नगरपालिकाको विकास निर्माण उहाँले खेलेको भुमिका अत्यन्तै प्रसंशा योग्य रहेको भन्दै खाम्याहाङको निधनले एक कुशल प्रसाशक गुमाउनु परेको समेत अध्यक्ष राईले जारी गरेको शोक विज्ञप्तीमा भनिएको छ ।
साथै मृतक प्रति श्रद्धाञजली र परिवारका समवेदना समेत व्यक्त गरिएको छ ।



