आम जनताको स्वास्थ्य परिक्षण नि:शूल्क गर्न माग
धनकुटा । नेपाली कांग्रेस पार्टी सहिदभूमि गाउँ कार्य समिति धनकुटाले कोरोना भाइरस संक्रमण सँग मिल्दोजुल्दो लक्षण देखिएका वडाहरुमा तत्काल सचेतना कार्यक्रम सञ्चालन गर्न, स्वास्थ्यकर्मी सहितको अनुसन्धान तथा उपचार टोली बनाई आम जनताको स्वास्थ्य परिक्षण नि:शूल्क गर्न माग गरेको छ ।
पार्टीका गाउँकार्य समितिका सभापति तिर्थ राई र सचिव रुद्र राईद्वारा हस्ताक्षरित विज्ञाप्ति मार्फत उस्ले बिरामीहरुको लागि उचित औषधीको व्यवस्था तुरुन्त गर्न भन्दै वडा र पालिका सरकार समक्ष माग गरेको हो ।
हाल सहिदभूमि गाउँपालिकाका केही वडाहरुमा कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्दोजुल्दो बिरामीहरु देखा परेको भन्ने कुरा आएको प्रति वडा र पालिका सरकारको ध्यान आकार्षण गराउन चाहान्छौ विज्ञाप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस सहिदभूमि गाउँ कार्य समिति धनकुटाले गाउँपालिकामा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो बिरामीहरु रहेको भन्दै यो विषयमा गम्भिर हुन र जनताको स्वास्थ्य सूरक्षाकका लागि थप कार्य योजना बनाइ वडा र पालिका सरकार अघि बढ्नु पर्ने उल्लेख गरेको छ ।
कोरोना महामारी नियन्त्रणमा वडा र पालिका सरकारबाट प्रभावकारी रुपमा जनताको स्वास्थ्य सूरक्षा केन्द्रित कार्य योजना बनाइ काम गर्न ढिलाई गरेको भन्दै विरोध समेत गरेको छ ।
पालिकामा बिरामी भएका आम जनताको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दै त्यस्ता विषयलाई रुपमा लिइ कार्य योजना नबनाउने हो भने यसबाट उत्पन्न हुनसक्ने भयवाह परिस्थितिको जिम्मा वडा र पालिका सरकार नै हुनु पर्ने समेत नेपाली कांग्रेसले विज्ञाप्तिमा उल्लेख छ ।



