सुस्त मनिस्थिति स्रोत कक्षाका विद्यार्थीहरुलाई धनकुटा उद्योग बाणिज्य संघद्वारा मास्क र सेनिटाईजर प्रदान

धनकुटा । विद्यालय वन्द भएपनि निशेध आदेशका कारण घर जान नपाएका धनकुटा उत्तरपानीका सुस्त मनिस्थिति स्रोत कक्षाका विद्यार्थीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले आज मास्क र सेनिटाईजर प्रदान गरेको छ ।

सुस्त मनिस्थिति स्रोत कक्षाका विद्यार्थीहरुलाई संक्रमणबाट जोगाउन संघले मास्क र स्यानिटाईजर उपलव्ध गराएको हो । ती सामाग्री संघका अध्यक्ष विजय सन्तोषी राईले स्रोत कक्षाका स्रोत व्यक्ति शिक्षक भूपेन्द्र भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

जिल्लामा कोरोना संक्रमण दर तिव्र रुपमा फैलिदै गएपछि स्थानीय प्रशासनले दुई हप्ता देखी निशेधाज्ञा जारी गरेपछि विद्यालय तथा सार्वजनिक सवारीका यातायात बन्द छन् ।

त्यसैले त्यहाँका २७ जना विद्यार्थीहरु स्रोत केन्द्रमा नै सामुहिक रुपमा वसेका छन् । संघले गत बर्ष लक डाउनको समयमा पनि घर जान नपाएका त्यहाँका विद्यार्थीहरुलाई स्वास्थ्य समाग्रीहरु प्रदान गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।