धनकुटाका प्रमुख जिल्ला अधिकारीको अपिलमा आज सम्म जम्मा भयो यत्ति रकम
धनकुटा,५ जेठ । धनकुटाका प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले प्रमुख जिल्ला अधिकारी हैसेतमा कोरोना संक्रमण रोकथाम र उपचारमा सहयोग गर्ने गरेको अपिलमा आज जेठ ५ गते १ लाख २४ हजार ८ सय ४२ रुपैयाँ जम्मा भएको जनाइएको छ ।
हिजो ५० हजार ५ सय ११ रुपैया संकलन भएको थियो । यो संगै खातामा १ लाख ७५ हजार ३ सय ५३ रुपैयाँ संकलन भएको छ ।
राष्ट्रसेवक कर्मचारी सहित व्यावसायी समाज सेवीहरुले समेत सहयोग गरेको विवरण जिल्ला प्रशासन कार्यलय धनकुटाको फेसबुकपेजमा विवरण सहित सार्वजनिक गरिएको छ ।
सहयोग रकम जम्मा गर्नको लागि :



