६ अर्व भन्दा बढीका विकासे आयोजनाका काम अगाढि बढिरहेको : सॉंसद राई
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकामा संघिय संसद प्रतिनिधि सभा सदस्य एवम नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको पहल तथा संसद विकास कोष मार्फत ६ अर्व भन्दा बढीका विकासे आयोजनाका काम अगाढि बढिरहेको छ ।
सम्चालित आयोजनाहरुमा पाख्रिबास खेल मैदान १ करोड , नगर भरका विद्यालय स्तरोन्ति तथा नयाँ विद्यालय भवन निमार्ण ३ करोड ६० लाख , बजार व्यवस्थापन ३ करोड ४० लाख ,जालपादेवि ७ करोड ,भुल्के राम्चे खानेपानी २८ करोड , सान्ने स्वास्थ्य सेवाका लागि ६ करोड , नगरमा हस्पिटल स्थापना १८ करोड , नमुना विद्यालय २५ करोड , पाख्रिबास सुनवालुवा सडक ८५ करोड , बसपार्क निमार्ण १ करोड , अरुण मोटेरेवल पुल २२ करोड र अधेरीघाट सडक निर्माण ५० करोड रहेको छ ।
उल्लेखित रकमका आयोजना बहु बर्षे रहेका छन् । अहिले यी आयोजनाका काम तिव्ररुपमा अगाडि बढिरहेको संसद राईले जानकारी दिनु भएको छ ।
राइका अनुसार चुनावका समयमा आफुले जनतामाझ बोलेका प्रतीवद्धता पुरा हुदै गइरहेको बताउनु भयो । साथै उहाले पाख्रिबासको विकास र समृद्धि कम्यूनिष्ट सरकारले मात्र गर्ने बताउनु भयो ।


