अक्सिजन सहितको कम्तिमा ५० बेडको आईशोलेसन सेन्टर स्थापना गर्न माग
धनकुटा । कोरोना संक्रमित विरामीहरुको व्यावस्थित उपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस धनकुटाले जिल्लाका सम्पूर्ण स्थानिय तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै उस्ले अहिले जिल्लाको शहरदेखी गाउँगाउँ सम्मका संक्रमितहरु अव्यवस्थित ढंगले घरमै वसीरहेको भन्दै उनीहरुको व्यवस्थित उपचारका लागि सम्पूर्ण स्थानिय सरकारको ध्यानार्कषण गरेको हो ।
पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कोरोना संक्रमितहरुको व्यवस्थित उपचारका लागि सवै पालिकाहरुले अक्सिजन सहितको कम्तीमा ५० बेडको व्यवस्थित आईशोलेसन सेन्टर अविलम्व स्थापना गरी अलपत्र परेका संक्रमितहरुको उपचार गर्न जोडदार गरेका छन् ।
जिल्लाको सागुरीगढी,चौविसे,छथरजोरपाटी गाउँपालिका,पाख्रीवास,महालक्ष्मी नगरपालिका लगायत सवै पालिकाहरुमा अहिले आईशोलेसनको अभावमा संक्रमित विरामीहरु अव्यवस्थित रुपमा घरमै वस्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
नया भेरियन्ट सहितको कोरोना भाईरस संक्रमण धनकुटाको समुदाय स्तरमा व्यापक रुपमा फैलिदै गएको वेला अहिले धेरै ठाउँका नागरिकहरुमा ज्वरो आउने,टाउको दुख्ने लगायतका लक्षण देखीएको नेपालिी कांग्रेस धनकुटाले विज्ञप्तिमा जनाएके छ । पाख्रीवास नगरपालिका क्षेत्र सहित जिल्लाभरी नै कन्ट्रयाक ट्रेसिङ्ग सहित समुदाय स्तरमै स्वाव संकलन गरि नि;शूल्क पिसिआर परिक्षण गर्ने कार्यलाई युद्ध स्तरमा अभियान कै अविलम्ब सञ्चालन गर्न उस्ले माग गरेको छ ।
यो भाईरसको संक्रमणबाट बच्न जिल्लाका सवै नागरिकहरुले पनि अत्यावाश्यक काम वाहेक घरबाट ननिस्की जनता लक डाउन अभियान नै सञ्चालन गर्न आवाश्यक रहेको विप्तिमा भनिएको छ ।
धनकुटामा कोरोनाको पहिलो चरण देखी यता आज सम्म ५ सय ८० जना कोरोना संक्रमित भएका मध्ये अहिले सम्म १५ जनाको निधन भैसकेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले वताउनु भएको छ ।



