समुदाय स्तरमा कोरोना भाइरस संक्रमण वृद्दि हुनसक्ने भन्दै आजदेखि जेठ १२ गते सम्म पूर्ण निशेधाज्ञा जारी

धनकुटा,जेठ ६ ।  धनकुटाको सहिदभूमि गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण वृद्दि हुनसक्ने भन्दै आजदेखि जेठ १२ गते सम्म पूर्ण निशेधाज्ञा जारी गरिएको छ ।

याे गाउँपालिकाको वडा नं.-२ मा कोरोना संक्रमण समुदाय स्त्तरमा देखा परेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले पालिका भरि जेठ १२ गते सम्मलाई पूर्ण निशेधाज्ञा जारी गरेको हो ।

संक्रमण अरुतिर फैलन नदिनको लागि सबै वडाहरुबाट प्रदान गरिने अतिआवश्यक भन्दा वाहेकका सबै सेवा बन्द गरिएको सहिदभूमि गाउँपालिकाका प्रमुख मनोज राईले जानकारी दिनुभयो ।

पूर्ण निशेधाज्ञामा पालिकामा रहेका औषधी पसलहरु खुल्ला रहनेछन भने स्थानीय हाट बजार र पसल पूर्ण बन्द गर्न पर्नेछ ।बैंक तथा बित्तिय संस्थाहरु आइतबार र बुधबार मात्र खुल्ला रहने तथा पालिकाको वडा नं २ साम्भुगाउँको स्वास्थ्य चौकी जेठ १२ सम्म पूर्ण बन्द गरिने पालिकाद्वारा जारी सार्वजनिक अपिलमा जनाइएको छ ।

हाल कोरोना संक्रमितहरु होम आइसोलेसनमै बसेका छन् ।जेठ ४ गते नेपाली कांग्रेस पार्टी सहिदभूमि गाउँपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको प्रति गाउँपालिका सरकार र वडा सरकारलाई तत्काल स्वास्थ्य परिक्षण गर्न माग गर्दै विज्ञाप्ति जारी गरेको थियो ।लगत्तै पालिकाले विरामीहरुको स्बाव संकलन गरि परिक्षण गर्दा सहिदभूमि गाउँपालिका-२ मा १९ जनामा तथा ६ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पोजिटिभ देखापरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर माेहम्मद मुस्तफाले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।