प्रहरीहरुलाई स्वास्थ्य सूरक्षा तथा खाद्यान्न सामाग्री हस्तान्तरण
धनकुटा,७ जेठ । जीवन विकास लघु बित्त वित्तीय संस्था महालक्ष्मी नगरपालिका वडा नं ७ जितपुर धनकुटा शाखाले प्रहरी चौकीका ९ जना प्रहरीहरुलाई स्वास्थ्य सूरक्षा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

महालक्ष्मी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रुद्र बहादुर तुम्बाको रोहबरमा स्वास्थ्य सूरक्षा तथा खाद्यान्न सामाग्री बितरण गरिएको हो ।
जीवन विकास लघु बित्त वित्तीय संस्थाको सामाजिक उत्तर दायित्व शीर्षकबाट कोरोना संक्रमण न्युनिकरण गर्न अग्रपंक्तिमा खट्ने प्रहरीको स्वास्थ्य सूरक्षालाई टेवा दिन स्यानिटाइजर,मास्क,खाद्यान्न,पिउने पानी र चाउचाउ वितरण गरिएको शाखा प्रमुख सोल बहादुर राईले बताउनु भयो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड भोजपुर जिल्ला प्रमुख जीसु हास्दाको समेत उपस्थिति थियो ।


