जिल्लाको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई धनकुटा उद्योग वाणिज्य संघले सहयोग गर्ने

जेष्ठ ७,धनकुटा । धनकुटाको औद्योगिक ग्राममा सञ्चालित कोभिड अस्पतालमा उपचारत कोरोना संक्रमित विरामीहरुको आज धनकुटा अस्पतालका डाक्टर सहित धनकुटा उद्योग बाणिज्य संघको टोलीले अवोलकन गरी विरामीहरुको अवस्थाको वारेमा जानकारी लिएको छ ।

धनकुटा जिल्ला अस्पतालका प्रमुख डा पुजन विश्वकर्माको नेतृत्वमा सञ्चालित कोभिड अस्पतालको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई सहितको टोलीले प्रत्यक्ष रुपमा अवोलकन गरी विरामीहरुको अवस्थाको वारेमा जानकारी लिएको हो ।

अवलोकनको क्रममा त्यस अस्पतालमा अहिले ८ जना कोभिडका विरामीहरुको उपचार भैरहेको धनकुटा अस्पतालका प्रमुख विश्वकर्माले वताउनु भयो ।

अस्पतालमा राम्रो संग उपचार भैरहेको विरामी र विरामीका आफन्तले वताएका छन । अस्पतालमा रहेका कोभिड विरामीहरुको अवलोकन पछि उद्योग बाणिज्य संघका अध्यक्ष  राईले विरामी र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सूरक्षा समाग्री सहयोग गर्ने वताउनुभएको छ ।

अहिले यो अस्पतालमा अक्सिजन लिन पर्ने अवस्थाका विरामीहरु उपचाररत छन् भने अन्य सयौ विरामीहरु घर घरमै होम आईशोलेसनमा वसेर स्वास्थ्यकर्मीहरुको सल्लाह र परार्मशमा उपचार गराईरहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।