संक्रमित व्यक्तिका घर-घरमा पुगेर रोग प्रतिरोधात्मक खानेकुरा तथा स्वास्थ्य सामाग्री सहित औषधि वितरण
धनकुटा,जेठ ८ । धनकुटाको सहिदभुमि गाउपालिकाका जनप्रतिनीधिहरुले कोरोना संक्रमित व्यक्तिका घर-घरमा पुगेर रोग प्रतिरोधात्मक खानेकुरा तथा स्वास्थ्य सामाग्री सहित औषधि वितरण गर्न थालेका छन् ।

गाँउपालिकाका अध्यक्ष मनोज राई सहितको टोलिले होम आइसोलेसनमा बसेका संक्रमितहरुको घर-घरमै पुगेर उनिहरुको मनोबल तथा हौसला बढाउन अवस्था बुझ्ने गरेका छन् ।
त्यसक्रममा उनिहरुलाई सामान्य औषधि , स्वास्थ्य सामाग्री, विस्कुट र ईम्युनिटी पावर बढाउने आयूर्वेदिक डाबर च्यवनप्राश लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष राईले बताउनु भयो ।
गााउपालिकामा अहिले ६ जना स्वास्थ्यकर्मी र १७ जना सर्वसाधारण सहित जम्म २३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई नियमित स्वास्थ्य कर्मीहरुको निगरानि तथा सरसल्हामा होमआइसोलेसनमा राखिएको उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गाँउपालिकाले जनाएको छ ।
संक्रमित व्यक्तीको सम्पर्कका रहेकाहरुको स्वाव संकलन गर्ने कार्य पनि भइरहेको गाँउपालिकाले जनाएको छ ।


