धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर

काभ्रेपलाञ्चोक,सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ । सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले रु छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ ।

सो अस्पतालले काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईका क्षेत्रलाई समेत उपचार सेवा पु¥याउँदै आएकाले आइतबार थप उपकरण पठाइएको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । “जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिक समेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैँ कोरोना महामारी व्यवस्थापन गर्न अनुदानसँगै थप चार थान भेन्टिलेटर ल्याइएको हो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यसअघि सरकारद्वारा घोषणा गरिएको अनुदान प्रदानका लागि प्रक्रिया भइरहेको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत सो अस्पताललाई कोभिड–महामारी व्यवस्थापनार्थ रु छ करोड ८० लाख दिने घोषणा गरिएको हो । धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करीब रु तीन अर्ब बजेट विनियोजन गरिएको छ।

मन्त्रालयले विनियोजित गरेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम माग गर्ने जनाउँदै आइतबार ती अस्पताललाई रु दुई अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

अस्पतालमा सकेसम्म छिटो अक्सिजनको व्यवस्थापन गर्न सकिए कोरोना–बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई कोरोना–बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आइसियु, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ ।

अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा राजेन्द्र कोजूले सरकारको अनुदान सहयोगपछि कोरोनाका बिरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार अस्पतालमा एचडियू, आइसियू र सामान्य गरी १२५ श्यया कोरोना सङ्क्रमितको उपचारार्थ प्रयोग गरिएको छ । धुलिखेलबाहेक बनेपामा शिर मेमोरियललगायत चार अस्पताल छन् ।

जेठ पहिलो सातादेखि बनेपामै २५ श्ययाको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ । यहाँ जिल्ला अस्पताल छैन । नमोबुद्ध नगरपालिकाको भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतिको प्रक्रियामा रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।