सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर

वाग्मती , वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ ।

अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच, कर्राका एक र कान्तिराजपथका लागि एक थान कोभिड–१९ सङ्क्रमित बिरामीको घरघरका लागि पठाइएको सचिवालय संयोजक कृष्णकुमार गुप्ताले जानकारी दिनुभयो ।

सङ्घको व्यवस्थापनमा स्थापना भएको कोभिड हेल्प डेस्कले जिल्लाका विभिन्न स्थानका कोभिड–१९ सङ्क्रमितलाई उपचारमा सहजीकरण गर्दै आएको छ । कोभिड–१९ सङ्क्रमित भई घरमै हाल आईसोलेशनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको गुप्ताले जानकारी दिनुभयो ।

कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सङ्क्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै र यथोथिच सहयोग गर्ने आश्वासनका लागि सङ्क्रमितको घरमै गई स्वास्थ्यबद्र्धक च्यावनप्रास तथा मेडिकल मास्क वितरण गर्दै आएको छ ।

हेल्प डेस्कलाई स्वास्थ्य सामग्री

सङ्घको सचिवालय स्थापना गरिएको कोभिड हेल्प डेस्कमा माडवारी एसोसिएशनले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । एसोसिएशनले हेल्प डेस्कमा कोभिड–१९ को रोकथाम र बचावट कार्य सघाउ पु¥याउने सामग्री ५० थान फेस शिल्ड, सात थान पुनः प्रयोग हुने पिपिई र १० लिटर स्यानिटाइजर सहयोग गरेको हो ।

यसैबीच सोही हेल्प डेस्कलाई स्थानीयवासी लता पराजुलीबाट १० थान अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको छ । त्यसैगरी स्वास्थ्यकर्मीको टोलीले दैनिकरुपमा कोभिड सङ्क्रमितलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरेको छ । अनमी दिव्या बस्नेत पोखरेल र सिनियर अहेब प्रवीन पुडासैनीबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने तथा परामर्श दिने कार्य गरिएको छ ।

सिलिण्डर हस्तान्तरण

कोभिड–१९ का बिरामीलाई उपचारमा सघाउ पु¥याउने उद्देश्यले हेटौँडा अस्पताललाई विभिन्न सङ्घसंस्थाले अक्सिजन उपलब्ध गराउने क्रम जारी छ । त्यसअन्तर्गत आज नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई ५० थान अक्सिजनसहितका सिलिण्डर हस्तान्तरण गरेको हो ।

अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर सहयोग गरिएको अनेमसङ्घका जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको जानकारी दिनुभयो । एमाले नेत्री एवम् प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई उक्त सिलिण्डर हस्तान्तरण गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।