बेलको सेवनले हुने फाईदाहरु यस्ता छन्
जीवन प्रसाद राई,धनकुटा । गएको साल ” पहिलो लकडाउनमा ” मैले वनस्पति सम्बन्धमा फेसबुकमा निकै स्टाटसहरु लेखे । तिनै मध्ये केही पुनः शेयर भएको पाएँ । वनस्पति सम्बन्धमा हामी नेपाली बीच सुचनाहरु नभएको कारणले धेरै नेपाली हरुमा चासो नभएको हो भन्नेमा दुईमत रहेन । तर सुचनाहरु यसरी दिन सकियो भने धेरैलाई यसबाट फाईदा लिन सक्ने रहेछन भन्ने कुराको अवगत भयो । यसैले मैले दोस्रो पटकको लकडाउनमा उत्साहित हुदै आम नेपालीहरुलाई थप सुचना, हौसला र प्रेरणा होस भन्ने उद्वेश्यका साथ यसपालि ” बेलबारे ” पोष्ट तयार पारेको छु ।
परिचय :-
बेल नेपालमा धार्मिक, चाडपर्व तथा पुजापाठहरुमा समेत अति आवश्यक रुपमा प्रयोग गरिदै आएको एक वनस्पति हो । नेपालमा यसको खेती बिस्तार नभएता पनि तराई, खोंचबेसी र समुद्र सतह देखि बढीमा ८ सय मिटर सम्मको उचाईमा पाउने गरिएको छ । यो उष्ण प्रदेशमा हुने फल हो । यसको आर्थिक सामाजिक, बाताबरणीय, औषधीय तथा धार्मिक उपयोगिता रहेको छ ।
वनास्पातिक परिचय :-
– नेपाली नाम :- बेल
– अंग्रेजी नाम :- Indian Bael, Golden apple
– बैज्ञानिक नाम :- Aegle marmelos
– पारिवारिक नाम :- Rutaceae
हो ।
बेल पाईने देशहरु :-
भारत, नेपाल, बंगलादेश, श्रीलंका, थाईल्याण्ड र मलेसिया ।
बेलमा पाईने भिटामिन र मिनरल्सहरुमा भिटामिन ” सि ” ” बि ” पाेटासियम, क्याल्सियम, म्याग्नेसियम, जिंक, कपर र आइरन हो ।
– बेलको सेवनले हुने फाईदाहरु :-
१) यसको सेवनबाट खराब खालका ब्याक्टेरियाहरुबाट मानिसलाई बचाउनुका साथै पखाला बाट समेत निको पार्छ ।
२) छालामा भएको संक्रमणबाट बचाउनुका साथै छालालाई सुन्दर बनाउनमा समेत योगदान गर्दछ ।
३) पेटसंग सम्बन्धित धेरै रोगहरुमा लागि यो ज्यादै उपयोगी रहेको छ ।
४) क्यान्सर रोगीहरुका लागि समेत योनिकै फाईदाजनक रहेको छ ।
५) मधुमेह ( Sugar patient ) हरुका लागि निकै फाईदाजनक मानिन्छ ।
बेललाई आयुर्वेद बिज्ञानले समेत ठुलो महत्त्व दिएको वनस्पति हो । यसकोपात, फल, बोक्रा, जरा आदिबाट औषधीहरु बन्ने गरेको छ । हाल बेलको माग उच्च हुनुका साथै यसको महत्त्व निकै बढेर गएको छ ।
– बेलबाट बन्न सक्ने खाने परिकारहरु :-
Jam :- जाम, Juice :- जुस, Nector, Toffe, Slab, Powder, RTS ( Ready to drink ), wine आदि ।
– नेपालमा यसको खेती तराई तथा अन्य बाली नलाग्ने सुक्खग्रस्त क्षेत्रहरुमा गर्न सकिन्छ । एकपटक हुर्केपछि यसलाई खासै धेरै स्याहारसुसार गरिरहन पर्दैन । यसलाई बाँदरले समेत दु:ख नदिने भएकोले गर्मी हुने ठाउँ हरुमा बाँदरको आ’तंक हुने ठाउँमा बेल खेती उपयुुक्त छ भनेर सिफारिस गर्न सकिन्छ ।
– खेती गर्न का लागि उपयुक्त जातहरु :-
१) दरोगाजी, २) खाजी, ३) रामपुरी, ४) अाेझा, ५) खामारिया, ६ ) अजामति आदि छन् र नेपाली स्थानीय जातहरु समेत लाई पनि लिन सकिन्छ ।
– नेपालमा बेलबाटै रहेका नामहरु :-
१) प्रदेश नम्बर १ मा उदयपुरको बेलटार ।
२) सुन्दर सुदुरपश्चिम नेपालको कन्चनपुर बेलडाँडी आदि ।
– बेल र यसको अन्तर्राष्ट्रिय बजार :-
बेललाई खानेकुरा तथा औषधी बनाउन प्रयोगमा ल्याईने भएकोले र यसको पात, बोक्रा, फल, फुल र जरा सबैको उत्तिकै उपयोग हुने भएको र पछिल्लो समय बिश्वका बिकसित मुलुकहरुमा बेलको बारे जानकारी हुदै गरेको, यसको परिकारहरु खाने गरिन थालेको र विभिन्न प्रकारका रोगहरुका लागि प्रयोगमा ल्याउन थालिएकोले अब यसको खेतीको राम्रो संभावना रहनुका साथै आर्थिक रुपमा सबल बन्ने एउटा वनस्पतिको रुपमा उदाएको छ । बेल खेती गरौं र नेपालीले आर्थिक संमृद्वि हासिल गरौं
-लेखक कृषि विज्ञ तथा टेखिमे कृषि परामर्श केन्द्रका संस्थापक पनि हुनुहुन्छ ।-सम्पादक


