सात तले लुङधाङ गुफा र झरना प्रवेशमा रोक
धनकुटा,जेठ १० । धनकुटा नगरपालिका १ स्थितको सात तले लुङधाङ गुफा र झरना प्रवेशमा रोक लगाईएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरानो भाईरस संक्रमणबाट सर्वसाधारण तथा पर्यटकहरुको स्वास्थ्यलाई सूरक्षित राख्ने विषयलाई ध्यान दिईदै गुफा तथा झरना प्रवेशमा रोक लगाईएको गुफा गुफा संरक्षण समितिका सल्लाहकार एवम् नेकपा एमाले नगर अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिनुभयो ।
अहिले पनि त्यहाँ सयौको संख्यामा मानिसहरु घुम्न आउने गरेकोले वढी भीडभाड हुने र यसले संक्रमण दर वृद्धी हुन सक्ने जोखिम वढेकोले यस्तो निर्णय गरिएको समितिले जनाएको छ ।
साथै यो विषम परिस्थितीमा घरमै वसी आ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत भनिएको छ ।


