संक्रमित व्यक्तिको घर घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य सामाग्री ,औषधि वितरण कार्य तिव्र

धनकुटा,जेठ १० । धनकुटाको सहिदभुमि गााउपालिकाले दोस्रो चरणको कोरोना संक्रमित संख्या बढ्न थालेपछि संक्रमित व्यक्तिको घर घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य सामाग्री ,औषधि वितरण कार्य तिव्र रुपमा अघि बढाएको छ ।

गाउपालिकामा अहिले सम्म संक्रमित संख्या ५५ जना पुगेकाछन् । जस मध्य एकजना निको भएको छ । गाउपालिकाको वडा नं २ र वडा नं ६ मा बढिमात्रामा संक्रमण देखिएको छ ।

गाउपालिका अध्यक्ष मनोज राई , वडा अधयक्ष तथा स्वास्थ्यकर्मि र कर्मचारीको टोलिले होमआईसोलेसनमा बसेका संक्रतिम लाई भेटेर स्वास्थ्य अवस्था बुझदै आवाश्यक स्वास्थ्य सामाग्री माक्स ,सेनिटाइजर र आयूर्वेदिक औषधिको साथै इम्यूनिटि पावर बढाउने डाबार च्यवनप्राश ,हर्लिक्स लगायतका खानेकुरा वितरण गर्दै आइरहेको अध्यक्ष राईले जानकारी दिएकाछन् । साथै उनिहरुले स्वास्थ्य परामर्श तथा सरसल्हापनि दिदै आइरहेको गााउपालिकाले जनाएको छ ।

अहिले सम्म गााउपालिकाको वडा नं २ का १९ जना र वडा नं ६ का २९ जनालाई स्वास्थ्य सामाग्रीका साथै खानेकुरा वितरण गरिसकेको गााउपालिकाले जानकारी दिएको छ । त्यस्तै गरी संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरुको स्वाव संकलन कार्य जारी रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

अझै स्वाव संकलन गरेका मध्य ४० जनाको पिसिआर रिर्पोट आउन बाकिरहेको गाँउपालिकाले जनाएको छ । सबै संक्रमित होमआईसालेसनमा रहेकाछन् त्यस मध्य १४ जनाको मंगलबार १४ दिन पुग्ने जनाएको छ । संक्रमितहरुको स्वास्थय अवस्था सामान्य रहेको गाउपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।