रुखले किचेर मृ त्यु
धनकुटा,जेठ ११ । धनकुटाको सहिदभुमि गाउँपालिका ३ छिन्ताङमा रुखले किचेर एक व्यक्तिको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा सहिदभुमि गाउँपालिका ३ छिन्ताङका बर्ष ४२ का नारायण कुमार राई रहेको प्रहरीले जनाएको छ ।
बिरेन्द्र राईको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्ने क्रममा रुख तन्दै गर्दा रुखले किचेर उनको घटना स्थल मै मृ त्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
घटनाको वारेमा खवर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यलय छिन्ताङवाट प्रहरी नायव निरिक्षकको टोली खटी गई घटना स्थल सुरक्षित राखेको,थप कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी निरिक्षक तथाअधिकृत समेतको टोली खटिएको जनाईएको छ ।-सॉंकेतिक तस्बीर


