राहत नपाउँदा दैनिकी चलाउन समस्या
धनकुटा, ११ जेठ । विश्व व्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइसर रोकथाम गर्न भन्दै सरकार र स्थानिय प्रशासनले गरेको निषेधाज्ञाको कारण असंगठिक क्षेत्रमा काम गर्ने मजदुरहरुले ले दैनिकी चलाउन समस्या हुन थालेको बताएका छन् ।
अहिलो बर्ष कोरोना संक्रमणको रोकथाम गर्न भन्दै सरकारले गरेको लकडाउनको समयमा स्थानिय निकाय, विभिन्न संघ सस्थाहरुले दैनिक ज्यालादारी गरेर परिबार पाल्ने मजदुर लाई लक्षीत गरेर राहत वितरण गरे पनि यो पटक त्यस्तो राहत पाउन नसकेको धरान घर भई धनकुटाका निर्माण क्षेत्रमा काम गर्दै आएका सुवास कुमार यादवले बताए ।
उनले भने ठेक्दारले निषेधाज्ञाको समयमा काममा नआउन भनेको र पहिला लिएको पैसा पनि सकिदै गउकोले समस्या बढ्दै गएको छ । केहि मजदुर लकडाउनको समयमै आफ्नो आफ्नो घर गई सकेको तर आफुहरु निषेधाज्ञा खुल्ला भनेर यतै बसेको तर अहिले खर्च सकिदै गए पछि समस्या हुन थालेको अर्का मजदुर मनिश उराउले बताए ।
उनले भने अहिल्लो बर्ष लकडाउनको समयमा विभिन्न संघ संस्थाले राहत बढेका थिए यो बर्ष त्यस्तो राहत खासै पाइएन ।


