आफैले काट्दै गरेको रुखले किच्दा मृ त्यु
धनकुटा,जेठ ११ । धनकुटाको महालक्ष्मी नगरपालिका एक व्यक्तिको रुखले किचेर मृ त्यु भएको छ ।
महालक्ष्मी नगरपालि ७ बस्ने बर्ष ३४ को पुर्ण कुमार तुम्वाले साफु स्थितमा रुद्रमणि राईको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख ढली रुखले किचेर पुर्ण कुमार तुम्वाको घटना स्थलमै मृ त्यु भएको प्रहरी चौकी जितपुरले जनाएको छ ।
घटनाको वारेमा खवर प्राप्त हुनासाथ तत्काल प्रनानिको कमाण्डमा टोली खटी गई घटना स्थल सुरक्षित राखिएको,थप कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यलयण् धनकुटाबाट प्रहरी निरिक्षक कैलाश लिम्बुको कमाण्डमा सो को अधिकृत सहितको टोलि खटि लास जाच मुचुल्का तथा कानुनी प्रकृया समेतको कार्य पुरा गरि पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको प्रहरीले जनाएको छ ।


