काँग्रेसद्वारा कोभिड नियन्त्रणका लागि सरकारको पुनः ध्यानाकर्षण

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही जेठ ६ गते १५ बँुदे सुझावपत्र बुझाएको थियो ।

बैठकले सो सुझाव कार्यान्वयनमा सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः ध्यानाकर्षण गराएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकले आवश्यकताअनुसार श्यया, अक्सिजन, आइसियु र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न, सबै जनतालाई सहज रुपमा तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन, कन्ट्याक्ट टे«सिङको आधारमा बढी भन्दा बढी पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेता खड्काले लम्बिदै गएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी श्रमिक, रोजगारी गुमाएका सर्वसाधारण र व्यापारीलगायतलाई उचित राहतको व्यवस्था गर्न, स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट टे«सिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु¥याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्नेलगायत विषयमा बैठकले सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।