नेपाल तरुण दल धनकुटाको विरोध
धनकुटा,१२ जेठ । नेपाल तरुण दल धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक तरवरले मध्य रातमा गरेको संसद विघठनको विरोध गरेको छ ।
नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईले आज विज्ञप्ती जारी गर्दै संसद विघठनको बिरोध गर्नु भएको हो ।
कोरोना भाइरसको कारण विश्वका शतिmशाली देशहरु समेत आक्रान्त भनि रहेको अवस्थामा सरकार कोरोना रोकथाम तथा उपचारमा लाग्नु को सट्टा केपि शर्मा ओली नेतृत्वको सरकार सताको लुछाचुडि मा लागेको समेत विज्ञप्तीमा जनाइएको छ ।
साथै जनता लाई राहत दिने योजना सरकारले नबनाएको र कोरोना संक्रमितहर लार्य अक्सिजन लगायतको व्यावस्था गर्न नसकेको भन्दै तरुणदलले विरोध गरेको छ । साथै सरकारको यो असंवैधानिक कदमको विरोध गर्न र कोरोना संक्रमण संगलड्नु अहिलेको पहिलो प्रथमिकता रहेको समेत तरुणदलले ठहर गरेको बिज्ञप्तीमा जनाईएको छ ।



