सांसद राजेन्द्र राईद्वारा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण
धनकुटा । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरी अक्सिजनको अभाव भईरहेको बेला निर्वतमान प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राईले आज अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामग्री जिल्ला अस्पताल धनकुटालाई हस्तान्तरण गर्नुभएको छ ।
निवर्तमान सांसद राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको टेकु स्थित स्वास्थ्य सेवा विभाग मार्फत धनकुटा अस्पतालका लागि उपलब्ध भएका १४ प्रकारका स्वास्थ्य सामग्री उहाँले आज विहान अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा पुजन विश्वकर्मालाई हस्तान्तरण गर्नुभएको हो । ती स्वास्थ्य सामग्रीको बजार मूल्य करिब २५ लाख बराबरको रहेको बताईएको छ ।

नेकपा एमाले धनकुटाका अध्यक्ष समेत रहेका सांसद राईले स्वास्थ्य सामग्री काठमाडौंबाट गाडीमा लोड गरी आफैले ल्याएर अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । अक्सिजन कन्सन्टेटर एक थान, अक्सिजन सिलिण्डर १५ थान, कोरोना परिक्षण गर्न प्रयोगशालामा प्रयोग हुने आरटी पीसीआर किट ५ सय थान, स्वाब संकलनमा प्रयोग हुने भीटीएम किट ६ सय थान, एन्टिजेन किट एक सय थान लगायतका सामाग्री रहेका छन् ।
त्यस्तै पीपीई सेट, अक्सिजन नाप्न प्रयोग गरिने पल्स अक्सिमिटर, सर्जीकल र एन नाइन्टिफाइब मास्क, सेनिटाइजर, ग्लोब्स लगायत स्वास्थ्य सामग्री प्राप्त भएको जिल्ला अस्पताल धनकुटाका डाक्टर पूजन विश्वकर्माले बताउनुभयो । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको वेला प्राप्त भएको स्वास्थ्य सामग्रीले विरामीको उपचारमा सहयोग पुग्ने अस्पतालका डा विश्वकर्माले बताउनुभयो ।
धनकुटामा अहिले जत्तिको बिकास कहिल्यै भएको छैन – सांसद राजेन्द्र राई
धनकुटामा कोरोना माहामारी नियन्त्रणका लागि चालेका कदम र अबस्था साथै हुन लागेको मध्यावधि ताजा जनादेश र विकास निर्माणका कुराबारे मानवी मोक्तानले प्रतिनिधिसभाका निवर्तमान सॉंसद एवे नेकपा(एमाले) धनकुटा जिल्लाका अध्यक्ष राई संग गर्नु भएको कुराकानी भिडियो हेर्नुहोस्


