छथरजोरपाटीमा २३ बर्षिय बिष्णुमाया आफ्नै कोठामा झु’ण्डिएको अवस्थामा मृ’त फेला
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउंपालिका ६ मझुवा बस्ने लोक बहादुर अधिकारीका २३ बर्षिय छोरी बिष्णुमाया अधिकारीको मृ त्यु भएको छ ।
अधिकारीले हिजो बेलुका करिब ६ बजेको समयमा आफ्नै घरको कोठामा रहेको काठको निदालमा प्लाष्टिकको डोरीले पा’सो लगाई आ त्म ह त्या गरेकी हुन् ।
उक्त खबर प्राप्त हुनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखिएको र आज बिहान ०६:४५ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धानको लागी प्र.नि. तथा सोको अधिकृत सहितको टोली खटी गई घटना स्थल मुचुल्का समेतको कार्य पुरा गरी लाशलाई पोष्टमार्टमको लागि ०९:१० बजे जिल्ला अस्पताल धनकुटा तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


