बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई चार लाखको स्वास्थ्य सामग्री

बागलुङ, ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’को आर्थिक सहयोग, नेपाली कांग्र्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा चार लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको उक्त केन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालित छ ।

केन्द्रमा आयोजित कार्यक्रममा शेरचनले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना महामारीविरुद्धको लडाइमा अत्यावश्यक उपकरण अक्सिजन कन्सन्ट्रेटर तीन, अक्सीमिटर २५, मास्क चार हजार थान, स्यानिटाइजर २० लिटर, सिटामोल आठ सय स्टिक र आइसोलेसन शय्याका लागि १५ थान तन्नालगायत गरी रु. चार लाख बराबरको सामग्री प्रदान गरिएको शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि फाउण्डेशनका अध्यक्ष देवेन्द्र हमाल, सदस्य लोमश रेग्मी, हरिहर भण्डारी, राजु बज्राचार्य र राधा बरालले आर्थिक सहयोग गर्नुभएको थियो । “कोरोना रोकथाम र उपचारमा सहयोग पु¥याउने अभियानमा छौँ, बुर्तिबाङ बजारका सर्वसाधारणलाई मास्क पनि वितरण ग¥र्यौँ”, उहाँले भन्नुभयो ।

ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आफूहरुको पहल र सक्रियता रहीरहने शेरचनको भनाइ छ । नगरप्रमुख नेपालीले विपद्को सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।