जिल्ला प्रशासन कार्यालय धनकुटाले ‘चक्रवात यास’ बाट जोगिन जारी गर्यो यस्तो सुचना(सुचना सहित)
धनकुटा,१३ जेठ । शक्तिशाली चक्रवात यास् जमिन तर्फ प्रवेश गरेको र जल तथा मौषम विज्ञान विभागका अनुसार अवको ३ दिन यसको असर प्रदेश न १ का हिमाली तथा पहाडी जिल्लामा समेत यसको असर देखिने छ ।
असर धनकुटा जिल्लमा समेत पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले सबैमा सतर्कता अपनाउन भन्दै सुचना जारी गरेको छ ।
धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले सुचना जारी गर्दै बस्ती नजिक बाढी पहिरो डुवानको जोखिम आंकलन गरि सुरक्षाकर्मिको सहयोगमा त्यस्ता बस्तीहरु लाई सुरक्षित ठाउँमा सार्ने सराउनेको साथै बाढी पहिरो डुवानको जोखिममा बसोबास गर्ने बासिन्दाहरु लाई स्थानियतहहरुले सुरक्षित रहन सतर्क गराउने साथै आफ्नो आसपासको क्षेत्रमा बाढी पहिरो डुवानको जोखिम भएमा स्थानिय तह सुरक्षा निकाय र जिल्ला विपत् व्यावस्थापन समिती लाई तुरुन्त जानकारी गराउन समेत सुचनामा भनिएको छ ।



