प्रेस युनियनको स्थापना दिवसमा धनकुटाका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण

धनकुटा,१३ जेष्ठ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा आज धनकुटामा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले शुभ कामना प्रदान गर्दै नेपाल पत्रकार ममहासंघ र पत्रकार संग सम्वद्ध संग संगठनहरुलाई स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटका सचिव हरी वहादुर लम्जेल,आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा,प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष सन्तोष रुचाल,नेपाल प्रेस युनियन धनकुटाका कोषाध्यक्ष पूर्ण चौधरी,प्रेस सेन्टर धनकुटाका अध्यक्ष इश्वर थापा लगायतका पत्रकारहरुलाई नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले मास्क ,सेनिटाईजर लगायतका स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका पदाधिकारी तथा पत्रकार संग सम्वद्ध संग संगठनका पदाधिकारीहरुले स्वास्थ्य समाग्रीहरु प्रधान गर्नु भएकोमा नेपाल प्रेस युनियन प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाहरु सवैले नेपाल प्रेस युनियनका स्थापना दिवसमा शुभ कामना समेत दिनु भएको थियो ।

कोराना भाईरसको महामारीको विचमा पनि जिवनलाई जोखिममा राखेर अहरात्र फ्रन्ट लाईनमा रहेर काम गरीरहनु भएका पत्रकारहरुलाई उत्साह र उर्जा प्रदान गर्नका लागी पत्रकारहरुसंग सम्वद्ध नेपाल पत्रकार महासंघ र अन्य संग संगठनहरु र पत्रकारहरुलाई स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राईले वताउनु भयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राईले सवैलाई शुभ कामना दिदै माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरससंगको युद्धमा सवै एकजुट भएर सामुहिक ढंगबाट कोरोना संग लडाई लड्नु पर्नेमा जोड दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।