धनकुटाका थप ३४ जनामा संक्रमण पुष्टि
धनकुटा । धनकुटाका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा गरिएको पिसिआर रिपोर्ट प्राप्त नतिजा अनुसार उल्लेखित संख्याका मानिसमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यएलय धनकुटाले जनाएकाो छ ।
थपिएका संक्रमितहरु छथरजोकपीटीका २ जना ,धनकुटा नगरपालिकाका २२ जना , पाख्रिवासका ८ जना र शहिदभमीका २ जना रहेकाो स्वास्थ्य कार्यलय धनकुटाके प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । यो संख्या अघिल्लो दिनहरुको तुलनामा केही कम रहेको उहाले वताउनु भयो ।.
आज देखि सवै पालिकामा एन्टिजेन परिक्षण शुरु हुने पनि उहाको भनाई छ । त्यसवाट संक्रमणके दर आंकलन गर्न सजिलो हुने अनुमान गरिएको छ भने यसवाट पिसिआर काे लाेड कम हुने अपेक्षा गरिएकाे छ । यो सँगै पालिका स्तरबाटै संक्रमितके पहिचान हुने जनाईएको छ ।


