धनकुटामा जारी निषेधाज्ञामा थप
धनकुटा,जेठ १४ । धनकुटामा जारी निषेधाज्ञा पु:न थप गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज धनकुटामा वसेको वैठकले आगामी जेष्ठ २६ गते राती १२ वजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
धनकुटामा कोरोना भाईरस संक्रमण दर वढ्ने क्रम जारी नै रहेपछि जिल्लाभर लागु हुनेगरी जेष्ठ २६ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति जिल्ला प्रशासन कार्यलय धनकुटाद्धारा जारी सूचनामा उल्लेख छ ।
यसअघि जिल्लामा जेष्ठ १५ गते राती १२ वजे सम्म निषेधाज्ञा जारी गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समयमा यी आदेशहरु पालना गर्न भनिएको छ ।






