प्रदेश पत्रकार महासंघद्वारा धनकुटाका संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान
धनकुटा,१४ जेष्ठ । नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ प्रदेश कार्य समिति विराटनगरले आज धनकुटामा धनकुटाका संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई ,उपाध्यक्ष देवकला कार्की,सचिव हरी लम्जेललाई संयुक्त रुपमा धनकुटाका संचारकर्मीहरुका लागि मास्क र सेनिटाईजर प्रदान गर्नु भएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी लम्जेलले जानकारी दिनुभयो ।
धनकुटाका संचारकर्मीहरु अत्यन्तै ठूलो जोखिममा पनि फ्रन्ट लाईनमा काम गरिरहेकाले उनिहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष चेम्जोगले वताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राईले स्वास्थ्य तथा सूरक्षित सामाग्रीहरु प्रदान गर्नु भएको प्रति प्रदेश पत्रकार महासंघलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व कोषाध्यक्ष नारायण कुमार राई लगायतले महामारीले विपत सिर्जना गरिहेको अवस्थामा प्रदेश पत्रकार महासंघले स्वास्थ्य समाग्री उपलब्ध गराएर धनकुटाका संचारकर्मीहरुलाई उत्साह र उर्जा थपिएको वताएका थिए ।


