स्वास्थ्य सामाग्री हस्तान्तरण
धनकुटा,१५ जेठ । धनकुटाको साँगुरीगढी गाँउपालिका वडा न ५ ओख्रमा कोरोना संक्रमण बढ्दै गएको र त्यसको उपचार र स्वाथ्य सुरक्षामा ध्यान दिन भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपाल कांग्रेस धनकुटा क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राई,तरुण दल जिल्ला उपाध्यक्ष दधिराज लामा साँगुरीगढी गाउँपालिका ६ का वडा अध्यक्ष दिपक मगर, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य प्रिती बान्तवा, साँगुरीगढी गाउँपालिका तरुण दल उपाध्यक्ष सन्तोस लोहरुङगले संक्रमित सबैको घरमा पुग्ने गरि माक्स, सेनिटाइजर, साबुन लगायतका स्वाथ्य सामग्री प्रदान गरेका हुन् ।
साँगुरीगढी गाउँपालिका वडा ५ का अध्यक्ष पलक बस्नेतको उपस्थितीमा डा. बिबश थापा लाई हस्तान्तरण गरिएको नेपाल कांग्रेस धनकुटा क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राईले जानकारी दिनु भयो ।


