अक्सिजन सिलिन्डर प्रहरीले अस्पताललाई बुझायो
धनकुटा,१५ जेठ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण बढ्दै जाँदा र अक्सिजनको अभाव लाई जिल्लामा पुर्ति गर्न भन्दै जिल्ला प्रहरी कार्यलय धनकुटाले विभिन्न समयमा विभिन्न निकाय बाट संकलन गरेका अक्सिजन सिलिन्डरहरु भरि जिल्ला अस्पताल धनकुटा लाई बुझाएको छ ।

अस्पताल प्रयोजन बाहेका जिल्लाका विभिन्न स्थानमा रहेका १६ वटा अक्सिजन सिलिन्डर भरि अस्लापताललाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख गोविन्द अधिकारीले जानकारी दिनु भयो ।
यस अघि पनि १९ थान अक्सिजन सिलिन्डर भरि अस्पताल लाई बुझाएको प्रहरीले जनाएको छ ।


