धनकुटा उद्योग बाणिज्य संघद्वारा सडक मजदुर तथा सर्वसाधरणहरुलाई मास्क तथा सेनिटाईजर वितरण

धनकुटा । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै आज धनकुटा उद्योग बाणिज्य संघले सडक मजदुहरु तथा सर्वसाधरणहरुलाई मास्क तथा सेनिटाईजर वितरण गरेको छ ।

धनकुटामा कोरोना भाईरसको महामारी तिव्र रुपमा बढ्दै गएकाले संघले सडक मजदुर तथा सर्वसाधरणलाई गणतन्त्र दिवसको अवसरमा मास्क तथा सेनिटाईजर वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

धनकुटाको मदन चौकबाट मास्क तथा सेनिटाईजर वितरण गर्ने कार्यको प्रारम्भ गर्दै अस्पताल चौक,चुवाको वोट चौक लगायत बजारका विभिन्न क्षेत्रहरुमा सडक मजदुर तथा सर्वसाधरणहरुलाई वितरण गरिएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी लम्जेल, आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायत व्यावसायीको सहभागीता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।