मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित

काठमाडौँ, मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो ।

इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो । मध्यान्तरपछिको खेलमा इराकले थप दुई गोल गरेको थियो । खेलमा इराकले शुरुआती अग्रता लिएको थियो । इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गर्नुभएको थियो । खासिनले प्रहार गरेको फ्रिकिकको नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्न सक्नुभएन् । लगत्तै इराकी खेलाडीले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गर्नुभयो ।

खेलको आठौँ मिनेटमा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याउनुभयो । त्यसपछिको २२ मिनेटसम्म दुवै पक्षबाट गोल हुन सकेन । सो क्रममा दुवै पक्षबाट गोलको उत्कृष्ट प्रयास भएका थिए । खेलको ३०औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गर्नुभयो । उहाँले आफ्नो डेब्यू खेलमा उत्कृष्ट गोल मात्रै गर्नुभएन नेपाललाई २–१ गोलको अग्रता दिलाउनुभयो । अग्रतालाई कायमै राख्न सकेको भए नेपालले फुटबलमा निकै बलियो मानिएको इराकलाई उसकै घरेलु मैदानमा पराजित गर्ने इतिहास नै बनाउँथ्यो ।

पहिलो हाफको अन्तिम समयमा इराकी खेलाडीले थप तीन गोल गर्दै नेपाली फुटबल प्रेमीलाई निराश पारे । खेलको ३५औँ मिनेटमा इराकी खेलाडी मोहम्मद अब्दुल जारा ओबेदले दोस्रो गोल गर्नुभयो । यही बीचमा नेपाली टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्द टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिनुभयो । यही मौकामा यस्तै खेलको ४०औँ मिनेटमा तथा इन्जुरी समयमा इराकी खेलाडी अयमन हुसेनले खेललाई ४–२ को अवस्थामा पु¥याउनुभयो ।

मध्यान्तरपछिको खेलमा नेपालले निकै दबाबमा खेल्नुप¥यो । यद्यपि इराकलाई मध्यान्तरअघिको खेलमा जस्तै धेरै गोल गर्न भने नेपाली टोलीले दिएन । खेलको ६७औँ मिनेटमा इराकका लागि मोहनाद अली अल्सामरीले गोल गर्दै ५–२ को अवस्थामा पुर्याउनुभयो । यस्तै खेलको ७५औँ मिनेटमा सज्जाद जासिमले गोल गर्दै इराकलाई ६–२ गोलअन्तरले विजयी गराउनुभयो । नेपाली गोलरक्षक चेम्जोङले पहिलो हाफको तुलनामा मध्यान्तरपछिको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो ।

नेपालले इराकसित दुई दशकपछि खेल खेलेको हो । यसअघि नेपालले इराकसित सन् २००१ मा खेलेको थियो । विश्व फुटबल महासङ्घ ९फिफा०ले सार्वजनिक गरेको वरियताअनुसार नेपालभन्दा इराक १०३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा इराक ६८औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ ।

कोरोना भाइरसको महामारीका कारण शनिबारको खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको थियो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एशियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको हो ।

समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्य सचिव रमेशकुमार सिलवाल पनि हाल नेपाली टोलीका साथ इराकमै रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।