टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालन

काठमाडौँ,काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अत्याधुनिक मेसिन जडान गरी पिसिआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको राससलाई जानकारी दिनुभयो ।

‘धर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ । उक्त मेसिन जडानका लागि ग्राण्डीले रु एक करोड ५० लाख खर्च गरेको छ ।

“पिसिआर परीक्षण ल्याब जडानसँगै अब बिरामी, अस्पतालका चिकित्सक तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था धाउनु पर्दैन”, महाप्रबन्धक सिंहले भन्नुभयो ।

स्वाब सङ्कलन गरेको पाँचदेखि छ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने उक्त ल्याबमा कोभिडबाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्ने ल्याबका प्रमुख डा रञ्जना पराजुलीले जानकारी दिनुभयो ।

“ल्याबमा कोभिडबाहेक एचआइभी एड्स, हेपाटाइटिस, इन्फ्लुएन्जा, जीनलगायतको परीक्षण गर्न मिल्छ”, उहाँले भन्नुभयो ।

एकपटकमा ९६ जनाको परीक्षण गर्न मिल्ने सो ल्याबमा दैनिक झण्डै ३०० सङ्क्रमितको परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।

ग्राण्डीले हाल ७० भन्दा बढी कोरोना बिरामीको उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी शय्यामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।