सुकेटार विमानस्थलको नामकरण परिवर्तन नगर्न आग्रह

फुङ्लिङ, ताप्लेजुङ्का राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएको छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरणका नगर्न सरकारलाई सुझाव दिइएको छ।

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता योगेश भट्टराईले सामाजिक सञ्जलमा भन्नुभएको छ, “ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ।

यसरी मात्र सहभागिता मूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।”

निवर्तमान पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले समाजिक सञ्चालमा नै पोष्ट गर्नुभएको छ “सरकार ! पोखरा विमानस्थलको नामकरण रवीन्द्र अधिकारी विमानस्थल राखौँ, हामीलाई सुकेटार विमानस्थलमा नै गर्व छ । ”

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलले सुकेटार विमानस्थललाई स्व रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरेर इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप गरेको टिप्पणी गर्नुभएको छ ।

जिल्लाका राजनीति दल र सरोकारवाला समूहले सुकेटार विमानस्थलको नाम परिवर्तनका विषयमा आज छलफल गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय किराँतले बताउनुभयो।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाग्रस्त भई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन हुनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।