बजेट भाषणमा फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने उल्लेख

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बताउनुभएको हो ।

फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थलगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन शुरु गर्ने क्रममा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडामा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने पौडेलले बताउनुभयो । धौवादीबाट व्यावसायिक उत्पादन शुरु गर्नका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको पौडेलले बताउनुभयो ।

हुप्सेकोटको १० किलोमिटर क्षेत्रमा फैलिएको नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिएको नवलपुरको धौवादी फलाम खानीको प्राविधिक परीक्षणको सबै नतिजा सकारात्मक आएको छ । खानी तथा भूगर्भ विभागले पाँच टन कच्चापदार्थ चीन पठाएर गरेको प्राविधिक परीक्षणको अन्तिम नतिजा सकारात्मक आएको भूगर्भ विभागले यसअघि नै जनाइसकेको छ ।

विभागले चीनको छेन्दूमा रहेको सिचुवान इन्ष्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन कम्पनीमा नमूना पठाएर धौवादी फलाम खानीको ‘इन्डस्ट्रियल स्केल’मा परीक्षण गराएको थियो । धौवादी डाँडामा छ वर्षअघि फलाम खानी भेटिएपछि सरकारले त्यसको प्राविधिक परीक्षणको काम अघि बढाएको थियो ।

धौवादी फलाम खानीबाट ३५ प्रतिशत धातु भएको फलामको धाउ उत्पादन हुने अध्ययनबाट देखिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताउनुभयो।

त्यसलाई दुई चरणमा अपग्रेड गरेपछि प्रयोग गर्न मिल्ने फलाम बन्छ । पहिलो चरणको अपग्रेडबाट ३५ प्रतिशतलाई ६० प्रतिशतमा र दोस्रो चरणमा उक्त धातुलाई अपग्रेड गरेर १०० प्रतिशत पु¥याएपछि प्रयोग गर्न मिल्ने फलाम तयार हुने घिमिरेले जानकारी दिनुभयो ।

अहिलेसम्मको अध्ययनमा धौवादीमा १० करोड ८० लाख मेट्रिकटन फलाम रहेको पत्ता लागेको छ । उक्त खानीबाट औद्योगिकरूपमा फलाम उत्पादन गर्न सकिने अध्ययनले प्रमाणित गरेपछि अब उत्पादन लागतलगायतका विषय स्पष्ट गर्नका लागि आर्थिक सम्भाव्यताको अध्ययन गरेपछि मात्रै उत्खननमा जान सकिने घिमिरेले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।