आरोहीको श,व काठमाडाँै लगियो

सोलुखुम्बु,:सगरमाथा आरोहणका क्रममा मृ,त्यु भएका एक आरोहीको श,व उद्धार गरी काठमाडाँै लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडाँै लगिएको प्रहरीले जनाएको छ ।

सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो ।

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडाँै लगिएको उहाँको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

यस्तै दुई वर्षअघि मृ,त्यु भएका एक अमेरीकन नागरिकको पनि श,व परीक्षणका लागि काठमाडाँै लगिएको थियो । हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

सगरमाथा आरोहण शुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृ,त्यु भएको छ । स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृ,त्यु भएको थियो ।

यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।