धनकुटाका ५ सहित आज प्रदेश १ मा थपिए १ हजार ५ संक्रमित

विराटनगर, १६ जेठ । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा १३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३८२ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । आज ३९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।